‘ओएमजी २’ ट्रेलर : विद्यालयविरुद्ध मुद्दा लड्दै पंकज त्रिपाठी

हिमाल प्रेस १८ साउन २०८० १२:४१
4
SHARES
‘ओएमजी २’ ट्रेलर : विद्यालयविरुद्ध मुद्दा लड्दै पंकज त्रिपाठी

काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतीक्षित फिल्म ‘ओएमजी २’को ट्रेलर सार्वजनिक भएको छ। कमेडी ड्रामा फिल्ममा अमित रायका लेखन र निर्देशन रहेको छ। यो सन् २०१२ मा प्रदर्शनमा आएको फिल्म ‘ओ माई गड’को सिक्वेल हो।

ट्रेलरमा भगवान् शिवका भक्त कान्तिशरणको कथा देखाइएको छ। सामान्य मान्छे, माया गर्ने बुबा र असल श्रीमानका रूपमा कान्तिशरणको भूमिकामा अभिनेता पंकज त्रिपाठी देखिएका छन्।

उनको छोरालाई अनैतिक व्यवहारको आरोपमा विद्यालयबाट निकालिन्छ। त्यसपछि उनको जीवनमा आउने उतारचढावमा सहयोग गर्न शिव दूत आउँछन्। अक्षय कुमार शिव दूत बनेका छन्।

फिल्म ‘ओएमजी २’लाई भारतको सेन्सर बोर्डले ‘एडल्ट सर्टिफिकेट’ दिएको छ। यो सर्टिफिकेट ती फिल्मलाई दिइन्छ जो अश्लीलताको श्रेणीमा आउँछन्। जसलाई १८ वर्षमाथिकाले मात्र हेर्न सक्छन्। ‘ए’ सर्टिफिकेट पाएको फिल्मलाई यसअघि निर्माताले धार्मिक रूप दिएर प्रदर्शनमा ल्याउने तयारी गरिरहेका थिए।

‘आदिपुरुष’ का कारण विवादमा तानिएको सेन्सर बोर्डले यसपटक भने कडाइ गरेको छ। ‘आदिपुरुष’ले भारतीयको धार्मिक आस्थामाथि आहत पु¥याएको भन्दै फिल्मको आलोचना भएको थियो। त्यसैले यसपालि सेन्सर बोर्डले ‘ओएमजी २’ मा थुप्रै दृश्य परिवर्तन गरेको छ। केही आपत्तिजनक दृश्य र संवादमा पनि सेन्सर बोर्डले कैँची चलाएर रिलिज गर्ने अनुमति दिएको छ।

अगस्त ११ मा प्रदर्शनमा आउने फिल्ममा अक्षयसँगै यामी गौतम, पंकज त्रिपाठी, अरुन गोविललगायत कलाकारको अभिनय छ। सन् २०१२ मा प्रदर्शनमा आएको ‘ओ माई गड’ मा अक्षय भगवान् कृष्णको भूमिकामा थिए। उनीसँगै फिल्ममा परेश रावल, मिथुन चक्रवर्तीलगायत कलाकारको अभिनय थियो।

प्रकाशित: १८ साउन २०८० १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =