विश्वप्रकाशकी छोरी स्वीकृति किन पुगिन् ओली निवास?

हिमाल प्रेस १८ साउन २०८० १२:१७
216
SHARES
विश्वप्रकाशकी छोरी स्वीकृति किन पुगिन् ओली निवास?

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माकी छोरी स्वीकृति शर्मा ‘भ्लग’ बनाउन सौखिन छिन्। उनी घरभित्र वा बाहिर घटेका ससाना विषयलाई पनि खिचेर भ्लग गर्छिन्।

उनका भ्लगमा कहिले साथीभाइ, कहिले परिवारका सदस्य वा कहिले उनी एक्लै हुन्छिन्। उनको त्यो भ्लग प्रायः टिकटकमा आउने गर्छ। पछिल्लो समय भने उनको टिकटकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको भिडियो राखिएको छ।

जुन भिडियो उनका बुवा विश्वप्रकाश शर्माले पनि राखेका छन्। स्वीकृति आफ्ना केही साथीसहित ओली निवास बालकोट पुगेकी थिइन्। ओली निवास स्रोतका अनुसार गत बुधबार उनी आफ्ना साथीसहित बालकोट पुगेकी हुन्। भिडियोमा हेर्दा स्वीकृति ओली खुसीसाथ गफ गरेको देखिन्छ। पोजपोजको फोटो खिचेको, हात मिलाएको उनको भिडियोमा देख्न सकिन्छ। स्वीकृतिको टोली  ‘एड टक्स’ नाम संस्थाका तर्फबाट बालकोट गएका थिए।

स्वीकृतिको टोली बालकोट पुग्दा ओली टेबलटेनिस खेलिरहेका थिए। ओलीले स्वीकृतिलाई कोठामा लगे। उनीहरूले ओलीलाई ‘बा’ सम्बोधन गर्दै खुलेर आफ्ना कुरा राखे।  स्वीकृतिले भनेकी छन्,‘केपी बासँग कुरा गर्‍यौँ। एकदमै रमाइलो भयो।’

उनीहरूले ओलीलाई आउँदो भदौ १८ गते बुबाको मुख हेर्ने दिनमा आयोजना गर्ने विशेष कार्यक्रमको निम्तो दिएका छन्। ओलीले विद्यार्थीहरूको निम्तो सहजै स्वीकार गरे।

एड टक्सले जनाएअनुसार ‘बासँग विद्यार्थी’ नामक कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ। उक्त भेटघाटको भिडिओ टिकटकमा अपलोड हो। जसलाई ओलीले पनि आफ्नो पेजबाट सेयर गरेका छन्।

प्रकाशित: १८ साउन २०८० १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =