कोशी प्रदेशका मुख्यमन्त्रीको शपथ आज

हिमाल प्रेस १७ साउन २०८० ९:१०
12
SHARES
कोशी प्रदेशका मुख्यमन्त्रीको शपथ आज

इटहरी– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले आज (बुधबार) पद तथा गोपनीयताको शपथ लिँदैछन्। मुख्यमन्त्री थापाले प्रदेश प्रमुख पर्शुराम खापुङबाट बिहान साढे १० बजे शपथ लिन लागेका हुन्।

नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थनमा उनी मंगलबार मुख्यमन्त्री नियुक्त भएका हुन्।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए। मुख्यमन्त्री थापाले आज सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी रहेको बुझिएको छ।

असार २१ गते नै मुख्यमन्त्री बनेका थापाको नियुक्ति प्रक्रिया असंवैधानिक रहेको दाबी गर्दै विपक्षी नेकपा एमालेले सर्वोच्च अदालतमा रिट निवेदन दिएपछि उनको पद संकटमा परेको थियो।

सभामुख बाबुराम गौतम समेतको हस्ताक्षर गरेर उनी मुख्यमन्त्री बनेका थिए। यसपछि उनले सभामुख गौतमको हस्ताक्षर फिर्ता गराएर मंगलबार साँझ पुन: मुख्यमन्त्री नियुक्त भएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 12 =