भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

हिमाल प्रेस १७ साउन २०८० ९:०२
14
SHARES
भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

तनहुँ– तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन्। व्यास-५ मानुङका ५६ वर्षीय श्री आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन्।

मंगलबार राति ११ बजे श्रीले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन खाणले जानकारी दिए।

श्रीलाई प्रहरीले गए राति नै नियन्त्रणमा लिएको छ। घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ साउन २०८० ९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =