कांग्रेसको ‘विशेष आन्तरिक अभियान’ शनिबारदेखि, तोकिए प्रतिनिधि

हिमाल प्रेस १६ साउन २०८० २१:५२
12
SHARES
कांग्रेसको ‘विशेष आन्तरिक अभियान’ शनिबारदेखि, तोकिए प्रतिनिधि

काठमाडौँ- नेपाली कांग्रेसले शनिबार (साउन २० गते) देखि विशेष आन्तरिक अभियान सुरु गर्ने भएको छ। त्यसका लागि कांग्रेसले सबै जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधि तोकिसकेको छ।

कोशी प्रदेशमा १४ जना केन्द्रीय प्रतिनिधि, मधेश प्रदेशमा ८ जना, बागमतीमा १३ जना प्रतिनिधि कांग्रेसले तोकेको छ। गण्डकी प्रदेशमा ११ जना, लुम्बिनी प्रदेशमा २२ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना केन्द्रीय प्रतिनिधि तोकिएका छन्। अभियान ३० गतेसम्म चल्नेछ।

प्रकाशित: १६ साउन २०८० २१:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 20 =