‘प्रेमिका’को नग्न भिडियो पोर्न साइटमा हाल्नेलाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइयो

हिमाल प्रेस १६ साउन २०८० १६:०७
42
SHARES
‘प्रेमिका’को नग्न भिडियो पोर्न साइटमा हाल्नेलाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइयो

काठमाडौँ- अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी गरिएका एक आरोपितलाई नेपाल फिर्ता ल्याइएको छ। चरित्र हत्यासम्बन्धी साइबर अपराध मुद्दामा जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि म्याग्दीका प्रकाश विक (२७)लाई मलेसियाबाट सोमबार नेपाल ल्याइएको हो।

‘उता (मलेसिया)बाट हिजो नै डिपोर्ट गरेपछि हिजै नेपाल ल्याइयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरियो’ नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले भने, ‘पक्राउपछि उनलाई साइबर ब्युरोमा बुझाइएको छ। अब ब्युरोले नै अदालतले अन्तिम फैसला नटुंग्याउँदासम्म निगरानी गर्छ।’

प्रेम सम्बन्धमा रहँदा प्रेमिकालाई विभिन्न बहानामा नग्न बनाएर भिडियो, तस्बिर बैद गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप उनीमाथि छ। त्यस्तै उनले ती प्रेमिकाका आफन्तहरूलाई पनि प्रेमिकाकै नाममा फेसबुक खोलेर नग्न तस्बिर र भिडियो पठाउने, पोर्न साइटमा पनि अपलोड गरेको आरोप पनि छ।

विक रोजगारीका लागि मलेसिया गएको थाहा भएपछि प्रहरीले अन्तर्राष्ट्रियस्तरमा खोजी गर्न २०७८ माघ २४ गते इन्टरपोल महासचिवालयमार्फत ‘रेड नोटिस’ जारी भएको थियो।
रेड नोटिस जारी भएसँगै इन्टरपोल शाखा मलेसियासँग नेपाल प्रहरी प्रधान कार्यालयले समन्वय गरेको थियो।्

प्रकाशित: १६ साउन २०८० १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =