काठमाडौँमा सेवाग्राहीसँग पार्किङ शुल्क लिए यो नम्बरमा फोन गर्नुस्

हिमाल प्रेस १५ साउन २०८० ९:३४
34
SHARES
काठमाडौँमा सेवाग्राहीसँग पार्किङ शुल्क लिए यो नम्बरमा फोन गर्नुस्

काठमाडौँ– काठमाडौँ महानगरभित्रका व्यवसायिक भवनहरूले सेवाग्राहरीहरूसँग सवारी पार्किङ शुल्क लिन नपाउने भएका छन्। केही दिनअघि नै यो निमय लागु भए पनि त्यसको कार्यान्वयन नभएपछि महानगरपालिकाले यसबारे नियमन गर्न कर्मचारी नै तोकेको छ।

व्यावसायिक भवनहरूले सेवाग्राहीबाट पार्किङ शुल्क लिए अब तत्काल गुनासो गर्न सहिने भएको छ। महानगरले नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई पार्किङ गुनासो सम्पर्क अधिकारीको जिम्मेवारी दिएको हो।

आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट पार्किङ शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासालाई तत्काल सुनुवाइ गर्न सम्पर्क अधिकारी तोकिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु पाण्डेले बताए।

सेवा लिएका ठाउँबाट पार्किङ शुल्क लिए तत्काल ९८५१० ५१६१० मा सम्पर्क गर्न उनले अनुरोध गरे।

महानगरको आर्थिक ऐन २०८० ले निजी मार्ट, रेष्टुरेन्ट, सपिं कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले सेवाग्राहीबाट सवारी पार्किङ गरेवापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ।

ऐनका व्यवस्था कार्यान्वयन गर्न गराउन अनुरोध गर्दै महानगरले सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ। व्यवस्था कार्यान्वयन गराउन नगर प्रहरीको टोली त्यस्ता ठाउँमा पुगेर जानकारी गराउने गरेका छन्।

यति हुँदा पनि कतिपय सेवाग्राहीले शुल्क तिर्नु परेको गुनासो आइरहेपछि महानगरले सम्पर्क अधिकारीमार्फत गुनासो सुन्ने व्यवस्था मिलाएको हो।

बहुतले आवासीय वा व्यावसायिक भवनहरूमा रहेका/भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ वापतको शुल्क संकलन गर्न ऐनले निषेध गरिएको छ। सेवाग्राहीवाहेक अन्यसँग मात्र पार्किङ शुल्क लिन सकिने ऐनमा व्यवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =