मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

हिमाल प्रेस १५ साउन २०८० ९:१६
2
SHARE
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ- मकवानपुरमा सडकमा रोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी-९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले जानकारी दिए।

उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी कार्कीले बताए।

प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १५ साउन २०८० ९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =