स्वास्थ्य मन्त्रालयसँग मिल्दोजुल्दो वेबसाइट बनाएर खोप प्रमाणीकरण!

हिमाल प्रेस १४ साउन २०८० २१:२९
10
SHARES
स्वास्थ्य मन्त्रालयसँग मिल्दोजुल्दो वेबसाइट बनाएर खोप प्रमाणीकरण!

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जस्तै मिल्दोजुल्दो वेबसाइट बनाएर कोभिड-१९ विरुद्धको खोप प्रमाणीकरण गरेको गुनासो प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अनधिकृत रूपमा वेबसाइट दुरूपयोग र मन्त्रालयसँग मिल्दोजुल्दो वेबसाइट बनाई खोप लगाएको कार्डको प्रमाणीकरण गरी क्यूआर कोड बनाएको गुनासो आएको मन्त्रालयले जनाएको हो।

मन्त्रालयले त्यस्तालाई कारबाही गर्ने जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘मन्त्रालयको वेबसाइटसँग मिल्दोजुल्दा वेबसाइट बनाई खोप प्रमाणीकरण गरेको गुनासो प्राप्त भएको छ, हामीले त्यसरी खोप प्रमाणीकरण बनाएको खोजी गरिरहेका छौँ।’

मन्त्रालयको वेबसाइट दुरूपयोग गरी विदेश जाने मानिसलाई क्यूआर कोड बनाई ठगी भइरहेको विभिन्न माध्यमबाट मन्त्रालयमा जानकारी आएको भन्दै सम्बन्धित पक्षलाई आवश्यक अनुसन्धान गर्न निर्देशन दिइएको उनको भनाइ छ।

उनले सरकारले नेपालमा यात्रा गर्न कोभिड-१९ पीसीआर परीक्षण र कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाणसम्बन्धी अनिवार्य व्यवस्था हटाइसकेको जानकारी दिए। यस्तै विदेश यात्रा गर्नका लागि पनि कतिपय देशले क्युआर कोड हटाइसकेको उनको भनाइ छ।

प्रकाशित: १४ साउन २०८० २१:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =