३८ हजारमा डेंगी संक्रमण, २० जनाको मृत्यु

हिमाल प्रेस २५ असोज २०८० ७:१२
2
SHARE
३८ हजारमा डेंगी संक्रमण, २० जनाको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म यस वर्ष नेपालमा डेंगी संक्रमित हुनेको संख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ।

मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेंगीबाट संक्रमित रहेका र २० जनाले ज्यान गुमाएका छन्।

महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेंगुको संक्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरे।

हालसम्म कूल संक्रमित संख्यामा प्रदेशअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार नौ सय पाँच जना (६२ दशमलव आठ प्रतिशत) संक्रमित भएका छन् भने सबैभन्दा कम संक्रमित प्रदेश कर्णाली एक सय २८ जना (शून्य दशमलव ३ प्रतिशत) छन्।

त्यस्तै मधेश प्रदेशमा पाँच सय ९० जना (एक दशमलव छ), बागमती प्रदेशमा चार हजार आठ सय ८३ जना (१२ दशमलव आठ प्रतिशत), गण्डकी प्रदेशमा छ हजार आठ सय १८ जना (१७ दशमलव नौ प्रतिशत), लुम्बिनी प्रदेशमा छ सय ५५ जना (१ दशमलव सात प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा एक हजार ८० जना (दुई दशमलव आठ प्रतिशत) संक्रमित देखिएको छ।

जिल्लागत हिसाबले सबैभन्दा धेरै क्रमशः सुनसरी जिल्लामा १६ हजार ९६ जना (४२ दशमलव तीन प्रतिशत) संक्रमित भएका छन्।

तनहुँमा चार हजार छ सय ५१ जना (१२ दशमलव दुई प्रतिशत), झापामा तीन हजार पाँच सय ८१ जना (नौ दशमलव ४ प्रतिशत), धादिङमा तीन हजार एक सय ३० जना (आठ दशमलव दुई प्रतिशत), मोरङमा दुई हजार दुई सय ७४ जना (छ प्रतिशत), कास्की जिल्लामा एक हजार चार सय ८१ जना (तीन दशमलव नौ प्रतिशत), र काठमाडौंमा आठ सय दुई जना (दुई दशमलव एक प्रतिशत) संक्रमित भएका छन् भने अन्य जिल्लामा छ हजार ४४ जना (१५ दशमलव नौ प्रतिशत) डेंगुबाट संक्रमित भएका छन्।

कुल डेंगु संक्रमित संख्या अगष्टमा मात्र संक्रमित संख्या १३ हजार आठ सय ४६ जना पुगेको थियो। सेप्टेम्बरमा ११ हजार पाँच सय ८० जना र अक्टोबर ११ सम्म चार हजार सात सय ९० जना संक्रमित भएका छन्।

गतवर्ष अक्टोबर महिनामा १७ हजार आठ सय ८९ मा डेंगु संक्रमित देखिएको थियो। डेंगु रोग डेंगु भाइरसबाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ।
रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =