सुदूरपश्चिमका पाँच किसान, उत्कृष्टले पाए डेढ लाख रुपैयाँ पुरस्कार

हिमाल प्रेस १० साउन २०८० २१:३६
14
SHARES
सुदूरपश्चिमका पाँच किसान, उत्कृष्टले पाए डेढ लाख रुपैयाँ  पुरस्कार

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका पाँच जना उत्कृष्ट किसानलाई पुरस्कृत गरेको छ। यहाँका विभिन्न जिल्लामा कृषि पेसामा आबद्ध भएका किसानलाई प्रदेश स्तरीय ‘उत्कृष्ट भीमदत्त कृषक पुरस्कार’बाट सम्मान गरिएकाे  हाे।

पुरुस्कृत हुनेमा कृषक असारेराम बडायक, प्रिन्सराज अवस्थी, पहलमान देउवा, प्रसाद दत्त अवस्थी र जयन्ती भाट रहेका छन्। भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र प्रादेशिक कृषि निर्देशनालयद्वारा बुधबार धनगढीमा आयोजित कार्यक्रमकम कृषकलाई मुख्यमन्त्री कमलबहादुर शाहले सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरे। सो क्रममा उनले कृषि कार्य गरेर पुरस्कृत भएका किसानलाई कृषि पेसामा थप मेहिनेत गर्न हौसला मिल्ने विश्वास रहेकाे बताए।

प्रदेशकै सर्वोत्कृष्ट कृषक घोषित असारेरामले डेढ लाख रुपैयाँ  नगदसहित पुरस्कार पाए। कञ्चनपुरका स्थानीय उनले कृषि कार्यमा नयाँ प्रविधि भित्र्याएर थोरै लगानीमा धेरै क्षेत्रफलमा कृषि कार्य गरेका कारण पुरस्कृत गरिएकाे प्रदेश सरकारले जानकारी दिएकाे छ।

उनले उखु, आलु, धानलगायतमा संयुक्त बाली खेती गर्दैआएको निर्देशनालयका प्रमुख यज्ञराज जोशीले जानकारी दिए ।यसैगरी, सम्मानित हुनुहुने डडेल्धुराका प्रिन्सिराज अवस्थी, डडेल्धुराकै प्रसाददत्त अवस्थी र बैतडीकी जयन्ती भाट व्यावसायिक तरकारी खेती कृषक हुन्।

उनीहरुले तरकारी खेती गरेर रोजगारीसमेत सिर्जना गरेका छन्। तीनै जनाले जनही ७५ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन्। यसैगरी, पुरस्कृत कैलालीको घोडाघोडी नगरपालिकाका पहलमान देउवाले व्यावसायिक कुखुरा र बङ्गुरपालन गर्दै आएका छन्। सरकारले उनलाई नगद ७५ हजार रुपैयाँसहित सम्मान गरेकाे छ।

प्रकाशित: १० साउन २०८० २१:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =