मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मधेशका मुख्यमन्त्री

हिमाल प्रेस १० साउन २०८० ९:५५
2
SHARE
मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मधेशका मुख्यमन्त्री

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यसै साता मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्।

११ जेठमा पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि मधेशमा गृह, सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री यादवसँगै छ।

मुख्यमन्त्रीकै दल जनता समाजवादी पार्टीका मन्त्री सुरिता साह र राज्यमन्त्री शेख अब्दुल कलाम आजाद बिना विभागीय छन्। त्यस्तै जनमत पार्टीका मन्त्री बसन्त कुशवाह र राज्यमन्त्री सञ्जयकुमार यादव विना विभागीय छन्।

मधेश सरकारमा मुख्यमन्त्री कार्यालयसहित ११ मन्त्रालय छ । थप ३ राज्यमन्त्रीसहित मन्त्रिपरिषद् १४ सदस्यीय छ। सरकारमा जसपाबाट मुख्यमन्त्रीसहित तीन, कांग्रेसका दुई, जनमत, लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका एक-एक जना मन्त्री छन्।

दुई मन्त्रालय खाली रहेको र दुई जना बिना विभागीय मन्त्री रहेको अवस्थामा मुख्यमन्त्री यादवसँग कांग्रेस, लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक/एक वटा मन्त्रालय मागेका छन्।

तर, मुख्यमन्त्री यादव भने अब लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई थप मन्त्रालय नदिने पक्षमा छन्।

प्रकाशित: १० साउन २०८० ९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eighteen =