मधेशका मुख्यमन्त्रीले पाउलान् विश्‍वासको मत?

हिमाल प्रेस ६ फागुन २०८० ८:२०
4
SHARES
मधेशका मुख्यमन्त्रीले पाउलान् विश्‍वासको मत?

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन्। जनमत पार्टीले समर्थन फिर्ता लिएसँगै यादवले विश्वासको मत लिन लागेका हुन्।

दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरिएको छ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार कांग्रेस, माओवादी, लोसपा र एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने भएका छन्।

जनमतले छाडेका दुई मन्त्रालय कांग्रेस र माओवादीलाई दिने सहमतिमा दुवै दलले विश्वासको मत दिने सहमति छ।

मधेशमा १०७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९-९ सांसद छन्।

यदि आश्वासन दिएका सबै दलले मतदान गरेमा यादवले सहज बहुमत ल्याउनेछन्।

राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका १-१ सांसद छन् भने एकजना स्वतन्त्र सांसद छन्।

प्रकाशित: ६ फागुन २०८० ८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =