प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम पराजित

हिमाल प्रेस ८ माघ २०८० १७:३३
10
SHARES
प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम पराजित

काठमाडौँ- प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। टियू क्रिकेट मैदानमा सोमबार भएको खेलमा मधेशले सुदूरपश्चिमलाई ८० रनले पराजित गरेको हो।

मधेशले दिएको ३२० रनको लक्ष्य पछ्याउने क्रममा ४४.५ ओभरमा २३९ रनमा समेटिन पुग्यो। सुदूरपश्चिका लागि नरेन भट्टले १ सय २१ रनको शतकिय इनिङ खेले पनि जितका लागि पर्याप्त भएन। मधेशका लागि राजेश यादव र प्रदिप पासवानले समान तीन विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १९ रन जोड्यो। मधेशका लागि मयन यादवले १ सय १५ रनको इनिङ खेले। त्यस्तै अनिल शाहले ६९ र पवन सर्राफले ७० रनको योगदान दिए। सुदूरपश्चिमका लागि शेर मल्लले ४ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =