आजको मौसम : यी स्थानमा चट्याङसहित भारी वर्षा हुने

हिमाल प्रेस १० साउन २०८० ६:२७
18
SHARES
आजको मौसम : यी स्थानमा चट्याङसहित भारी वर्षा हुने

काठमाडौँ– हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही कोशी , बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

दिउँसो देशभरको मौसम आंशिकदेखी सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बांकी पहाडी भु-भागका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भु-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महााखाले जनाएको छ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

प्रकाशित: १० साउन २०८० ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =