बागलुङमा प्रहरीका वरिष्ठ सई पौडेल होटलमा मृत फेला

हिमाल प्रेस ९ साउन २०८० १०:३८
688
SHARES
बागलुङमा प्रहरीका वरिष्ठ सई पौडेल होटलमा मृत फेला फाइल तस्बिर।

काठमाडौँ- नेपाल प्रहरीका एक वरिष्ठ सई मृत फेला परेका छन्। बागलुङको इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्जसमेत रहेका वरिष्ठ सई उज्वल पौडेल मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीका अनुसार पौडेल सोमबार राति बडिगाड गाउँपालिका वडा नम्बर-६ स्थित आशा होटल एन्ड खाजा घरमा मृत फेला परेका हुन्।  ‘होटलमै तल्लो तलामा शव फेला परेको छ। यसबारे अनुसन्धान भइरहेको छ,’ केसीले हिमालप्रेससँग भने, ‘अनुसन्धानको काम अघि बढेको छ। म पनि घटनास्थलमै छु।’

होटल सञ्चालकले वडा अध्यक्षलाई पौडेल मृत फेला परेको खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो।

प्रकाशित: ९ साउन २०८० १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + three =