राहदानी वितरण सहज बनाउँदै कञ्‍चनपुर प्रशासन

हिमाल प्रेस ८ साउन २०८० ९:४१
6
SHARES
राहदानी वितरण सहज बनाउँदै कञ्‍चनपुर प्रशासन

कञ्‍चनपुर– कञ्‍चनपुरमा पछिल्लो समय राहदानी बढाउनेको संख्यामा वृद्धि हुँदै गएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्‍चनपुरले पनि राहदानी वितरणलाई सहज बनाउन कार्यालय समयसँगै अतिरिक्त समय पनि सेवा दिँदै आएको छ।

यस्तै जिल्लाबाट गत वर्ष दश हजार १ सय ९४ जनाले राहदानी लिएको प्रशासन कार्यालयको राहदानी फाँटका कम्प्युटर अपरेटर कमल बोहराले जानकारी दिए।

‘२ हजार ९ सय १४ महिला र ७ हजार २ सय ८० पुरुषले राहदानी लिएको छ,’ उनले भने, ‘पछिल्लो समय प्रवीणता प्रमाण पत्र तह पास गरेर विदेश जाने युवायुवती राहदानी बनाउन आउने क्रम बढेको छ।’

पछिल्लो समय खाडीलगायत तेस्रो मुलुक जाने संख्या वृद्धि भएसँगै राहदानी बढाउनेको संख्या वृद्धि भएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष ०७९/८० मा १२ हजार ३ सय ३६ महिला तथा पुरुषले नागरिकता लिएका छन्।

अपरेटर बोहराले यहाँ वंशजका आधारमा १२ हजार ३ सय १५ जनाले र वैवाहिक अंगिकृतका आधारमा २१ जना महिलाले नयाँ नागरिक प्राप्त गरेको जानकारी दिए। त्यसैगरी प्रशासनबाट ९ हजार ७६ जनाले नागरिकको प्रतिलिपि लिएको देखिएको छ।

नयाँ नागरिकसँगै राष्ट्रिय परिचय पत्र बनाउनुका साथै राहदानीसमेत सँगै बनाउने क्रम बढेको उनले बताए।

यसैगरी गत वर्ष १७ हजार ३ सय २४ जनाले राष्ट्रिय परिचय पत्र बनाएका छन्। भने अघिल्लो आवका ४ हजार २ सय ८१ राष्ट्रिय परिचय पत्र समेत वितरण गरिएको प्रशासनले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =