कांग्रेस बैठकमा सञ्जय गौतमको आक्रोश : यहाँहरू राजा हो र हामीले हुकुम मान्नुपर्ने?

हिमाल प्रेस ४ साउन २०८० १६:४७
88
SHARES
कांग्रेस बैठकमा सञ्जय गौतमको आक्रोश : यहाँहरू राजा हो र हामीले हुकुम मान्नुपर्ने?

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले पार्टीमा विधानको कार्यान्वयन गर्ने र विधिले शासन गर्ने विषयमा नेतृत्व प्रतिबद्ध नदेखिएको बताएका छन्। केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले पार्टी व्यक्तिले मनमौजीले नभई विधि र विधानले निर्देशित भएर चल्नुपर्ने बताए।

‘पार्टी विधि र विधानले चल्नुपर्छ । सबै नेता कार्यकर्ताले विधिविधान बमोजिम चल्छौँ भनेर प्रतिवद्धता जनाऔँ, अहिलेका आधा समस्या आफैँ हल हुन्छन्। एउटा उदाहरण भन्छु, पार्टीमा टिकट कसले बाँड्ने हो?,’ उनले भने, ‘संसदीय बोर्ड त छैन । मन्त्री कसले बनाउने हो ? संसदीय बोर्ड छैन। हामीले यो परिस्थितिलाई कसरी मुल्यांकन गर्ने ? कि यहाँहरू राजा हो र हामीले यहाँहरूको हुकुम मान्नुपर्ने ? कि विधिले शासन गर्ने हो?’

उनले पार्टी नेतृत्व विधि र विधानप्रति प्रतिबद्ध नभएसम्म बेथिति नटर्ने र पार्टीप्रति जनताको धारणा पनि नबदलिने बताए।

उनले भने,’केन्द्रीय समिति बैठक एक वर्षसम्म बस्दैन । केन्द्रीय सदस्यले भूमिका पाएको छैन, बोल्ने ठाउँ छैन, नेतृत्वले कुनै सोधी खोजी गर्दैन। यहाँहरूले जे गरेपनि हामीले केही बोल्न नहुने यो कस्तो लोकतन्त्र हो? कस्तो पार्टी हो?’

प्रकाशित: ४ साउन २०८० १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =