काँकडभिट्टा नाकाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात

हिमाल प्रेस ३ साउन २०८० १३:४६
12
SHARES
काँकडभिट्टा नाकाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात

काँकडभिट्टा– पूर्वीनाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैंची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ।

मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत राम रेग्मीका अनुसार आर्थिक वर्ष ०७९/८० मा ८ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैंची भारत निकासी भएको छ।

आव ०७८/७९ मा सोही अवधिमा ४ अर्ब ७६ लाख ४३ हजार ८९ हजार मूल्य बराबरको ५२ लाख ८० हजार ४ सय ४३ केजी अलैंची भारत निकासी भएको थियो।

गत आवको तुलनामा आव ०७९/८० मा अलैंचीको निर्यात ४२ प्रतिशतले वृद्धि भएको हो। अर्थात् तुलनात्मक रुपमा ३ अर्ब ४७ करोड ७१ लाख २४ हजार मूल्य बराबरको अलैंची निर्यात वृद्धि भएको छ।

यस्तै गत आवको तुलनामा आव ०७९/८० मा तयारी चियाको निर्यात १६ प्रतिशतले वृद्धि भएको छ। आव ०७९/८० मा ३ अर्ब ४२ करोड ६९ लाख ५२ हजार मूल्य बराबरको १ करोड ६० लाख ७८ हजार ६३ केजी चिया निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए।

उनले अघिल्लो वर्षको तुलनामा ५५ करोड २३ लाख ४२ हजार मूल्य बराबरको चिया निर्यात वृद्धि भएको बताए। आव ०७८/७९ मा दुई अर्ब ८७ करोड ४६ लाख १० हजार मूल्य बराबरको १ करोड १७ लाख १३ हजार ६ सय ५९ केजी चिया निर्यात भएको थियो।

अदुवा र अम्रिसोको निर्यातसमेत बढेको छ। आव ०७९/८० मा ६३ करोड ९२ लाख २९ हजार मूल्य बराबरको १ करोड ५५ लाख ४२ हजार ९ सय ३० केजी अदुवा निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए।

उनका अनुसार अघिल्लो वर्षको तुलनामा ३० करोड २३ लाख ६ हजार मूल्य बराबरको अदुवा निर्यात वृद्धि भएको छ। आव ०७८/७९ मा ३३ करोड ६९ लाख २३ हजार मूल्य बराबरको १ करोड ४ लाख ५८ हजार ७० केजी अदुवा निर्यात भएको थियो।

अदुवाको निर्यात ४७ प्रतिशतले वृद्धि भएको छ। यस्तै आव ०७९/८० मा ८६ करोड ४३ लाख मूल्य बराबरको १ करोड १९ लाख ७३ हजार ९८० केजी अम्रिसो भारततर्फ निकासी भएको छ।

प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार अघिल्लो वर्षको तुलनामा २३ करोड ५३ लाख १९ हजार मूल्य बराबरको अम्रिसो निर्यात वृद्धि भएको छ।

आव ०७८/७९ मा ६२ करोड ८९ लाख ८१ हजार मूल्य बराबरको १ करोड २४ लाख ४३ हजार २४५ केजी अदुवा निर्यात भएको थियो। अम्रिसोको निर्यात २७ प्रतिशतले वृद्धि भएको छ।

प्लाइउड र छुर्पीको निर्यात उत्साहजनक

पूर्वी नाकाबाट निकासी हुने वस्तुमा प्लाइउड र छुर्पीको योगदान उच्च रहेको छ। गत आवको तुलनामा आर्थिक वर्ष २०७९/८० मा यी दुई वस्तुको निर्यात अत्यन्त उत्साहजनक रहेको छ।

मेची भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९/८० मा १ अर्ब ९९ करोड १० लाख ११ हजार मूल्य बराबरको प्लाइउड निकासी भएको छ। जवकी आव ०७८/७९ मा १० करोड ८० लाख ५७ हजार मूल्य बराबरको प्लाइउड निकासी भएको थियो।

यस्तै आव ०७९/८० मा १ अर्ब १० करोड ८१ लाख ११ हजार मूल्य बराबरको छुर्पी निकासी भएको छ।

जवकि आव ०७८/७९ मा ८ करोड ४३ लाख ३५ हजार मूल्य बराबरको छुर्पी निकासी भएको थियो। कोशी प्रदेशका झापा, इलाम, पाँचथरलगायत विभिन्न जिल्लामा चियाको उत्पादन हुने गरेको ६ भने पहाडी भेगका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा अलैंची, अदुवा, अम्रिसो, छुर्पीजस्ता कृषिजन्य बस्तुको उत्पादन हुने गरेको छ।

पहाडी जिल्लामा कच्चापदार्थ उत्पादन भए तापनि अलैंची, अदुवा, अम्रिसो र प्लाइउडको प्रशोधन, भण्डारण र ब्रान्डिङ भने झापामा हुँदै आएको छ।

प्रकाशित: ३ साउन २०८० १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =