कांग्रेस बैठकका एजेन्डाबारे महामन्त्री थापाले मागे सुझाव

हिमाल प्रेस ३१ असार २०८० १२:१४
6
SHARES
कांग्रेस बैठकका एजेन्डाबारे महामन्त्री थापाले मागे सुझाव

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकमा राख्ने विषय र एजेन्डाबारे सुझाव मागेका छन्। उनले आइतबार सामाजिक सञ्जालमार्फत सुझाव माग गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दैछ।

महामन्त्री थापाले उक्त बैठकमा राख्नुपर्ने विषय र एजेन्डाका बारेमा आफ्ना विचार र सुझाव छ छ भने व्यक्तिगत इमेलमा पठाउन अनुरोध गरेका छन्। उनले भनेका छन्, ‘बैठकमा राख्नुपर्ने विषय र एजेन्डाका बारेमा आफ्ना विचार र सुझाव दिन चाहनुहुन्छ भने कृपया मेरो व्यक्तिगत इमेल [email protected] अथवा यसै पोस्टको कमेन्टमा राख्नुहुन सम्पूर्ण गाउँ, नगर, टोलमा रही नेपाली कांग्रेस र चारतारे झन्डालाई माया गर्नुहुने कांग्रेसजन र शुभेच्छुकहरूमा आग्रह गर्न चाहन्छु।’

कांग्रेस बैठकमा करिब ११ महिनापछि बस्दैछ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुने कार्यसूची छ। महामन्त्री थापाले विभिन्न जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय कार्यसमितिमा राख्ने बताएका छन्।

प्रकाशित: ३१ असार २०८० १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =