भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा : राजेन्द्र लिङ्देन

हिमाल प्रेस ३० असार २०८० १५:४९
18
SHARES
भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा : राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन।

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिने प्रमाणित भएको बताएका छन्।

पार्टीको नवीन राप्रपा कार्ययोजना अभियानअन्तर्गत बिर्तामोडस्थित राप्रपा जिल्ला समिति झापाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिस्ट एकैस्थानमा उभिने प्रमाणित भएको दाबी गरेका हुन्।

भ्रष्टाचारका घटना सार्वजनिक भइरहँदा राप्रपाका मानिस नमुछिएको भन्दै उनले ठूलाठूला भ्रष्टाचार काण्डमा कांग्रेस र कम्युनिस्टका नेताहरूको संलग्नता देखिएको र भ्रष्टाचारी जोगाउने कार्यमा पनि उनीहरू एकैस्थानमा उभिएको आरोप लगाए।

चीन र भारतका लागि कम्फर्टेबल सरकारको खोजीमा लागेका कांग्रेस र कम्युनिस्टले जनताको कम्फर्टेबल सरकारको खोजी नगरेको भन्दै उनले कुनै बेला राप्रपाको सदस्य लिएकालाई रातारात पार्टी प्रवेश गराउने कांग्रेस र कम्युनिस्ट पार्टीमा अहिले कोही नगएको बताए।

प्रकाशित: ३० असार २०८० १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + five =