समाजवादी मोर्चाको बैठक बस्दै

हिमाल प्रेस २७ असार २०८० ९:१७
समाजवादी मोर्चाको बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- समाजवादी मोर्चाको बैठक आज बस्दैछ।

अपराह्न चार बजे एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा मोर्चाले सातै प्रदेशमा गर्न लागेको कार्यक्रमको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

२३ असारमा बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको उद्देश्य र आवश्यकताबारे जानकारी गराउन सातै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेको थियो । साउन पहिलो हप्तादेखि सातै प्रदेशमा मोर्चाको औचित्यबारे जानकारी गराउने गरी कार्यक्रम गर्ने तयारी छ।

 

प्रकाशित: २७ असार २०८० ९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =