समाजवादी मोर्चाको सन्देशसभा आज विराटनगरमा

हिमाल प्रेस २५ भदौ २०८० ८:४८
4
SHARES
समाजवादी मोर्चाको सन्देशसभा आज विराटनगरमा फाइल तस्बिर

काठमाडौँ- समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ । सन्देशसभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने छन् ।

भेलामा सत्तारुढ चार राजनीतिक दलका प्रदेशभरका अगुवा कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुनेछन्। सभामा प्रदेशसभा सबै जिल्लाहरुबाट पालिकास्तरीय नेता तथा कार्यकर्ताहरु प्रतिनिधिको रुपमा सहभागी हुनेछन् ।

मोर्चाले सात मध्ये ५ प्रदेशमा सन्देशसभा आयोजना गरिसकेको छ। समाजवादी मोर्चाले चारवटै पार्टीलाई कार्यकर्ता ल्याउन निर्देशन दिएको छ। सभामा विराटनगर, मोरङ, सुनसरी र झापाका कार्यकर्तालाई बढी प्राथमिकता दिएका छन्।

प्रकाशित: २५ भदौ २०८० ८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =