समाजवादी मोर्चाको बैठक बस्दै

हिमाल प्रेस ६ फागुन २०८० ५:३३
6
SHARES
समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौँ- चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आइतबार (आज)आह्वान गरिएको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय सचिव जीवनराम श्रेष्ठले आइतबारका लागि बैठक बोलाइएको जानकारी दिए ।

उनका अनुसार मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे बैठकमा छलफल हुनेछ । बैठक बिहान ९ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा बस्ने उनको भनाइ छ ।

यस्तै बैठकमा सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे पनि छलफल हुनेछ ।

हाल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अध्यक्षता गरिरहेको मोर्चामा सो पार्टीसहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहभागी छन् ।

प्रकाशित: ६ फागुन २०८० ५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =