राष्ट्रियसभा बैठक। फाइल तस्बिर- रासस
काठमाडौँ- राष्ट्रियसभाको आज सोमबारका लागि बोलाइएको बैठक मंगलबारका लागि सरेको छ।
सोमबार ११बजेर १ मा बस्ने गरी बोलाएको बैठक विशेष कारणवश भोलि मंगलबार ११:०१ मा बस्ने गरी समय परिवर्तन भएको राष्ट्रियसभा अध्यक्षको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ।
आइतबार सदन खुलाउन एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति गरे पनि सहमति भएको आधा घण्टामै भाँडिएको थियो।
प्रकाशित: २५ असार २०८० ९:४० | Monday, July 10, 2023
प्रतिक्रिया




