फाइल तस्बिर : एएफपी
काठमाडौँ- यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको लडाइँ बढेपछि यस साता दुई हजारभन्दा मानिस जिबुटी आइपुगेका संयुक्त राष्ट्रसंघले आइतबार जनाएको छ।
एक हप्ता लामो हुथी आक्रमणले यमनको ‘रेड सी’ को बाँकी तट र केही रणनीतिक टापु कब्जा गरेर रणनीतिक बाब अल-मन्दाब जलमार्गमा आफ्नो पकड बलियो बनाउँदै गर्दा यहाँबाट दशौँ हजार मानिस भागेका छन्।
बिहीबार समूहले ‘रेड सी’को बन्दरगाह सहर मोचा कब्जा गर्यो, जुन युरोपबाट एसिया जाने जहाजका लागि महत्त्वपूर्ण जलमार्गमा पर्छ।
‘यमनको द्वन्द्वबाट भागेर दुई हजारभन्दा बढी मानिस जिबुटीको तटमा आइपुगेका छन्,’ अन्तर्राष्ट्रिय आप्रवासन संगठनले आइतबार सामाजिक सञ्जाल एक्समा लेखेको छ।
संयुक्त राष्ट्रसंघीय निकायले एएफपीलाई पहिलो समूह बिहीबार साँझ आइपुगेको बताएको छ।
साना अफ्रिकी देशका अर्थ र वित्त मन्त्री इलियास मौसा दावालेहले शनिबार करिब एक हजार ४०० जनाको आँकडा दिएका थिए।
जिबुटी बाब अल–मन्दाब जलमार्ग र यमनको पारिपट्टी छ, जुन मध्यपूर्वी युद्ध सुरु भएपछि इरानले होर्मुज जलसन्धिमा नाकाबन्दी सुरु गरेपछि साउदी अरबको तेल निर्यातका लागि महत्त्वपूर्ण धमनी बनेको छ।
करिब दस लाख जनसंख्या भएको अफ्रिकाको सबैभन्दा कम जनसंख्या भएका देशहरूमध्ये एक जिबुटी तेल–धनी खाडी राज्यहरू पुग्ने आशामा महाद्वीप छाड्ने प्रवासीहरूका लागि मनपर्ने ट्रान्जिट बिन्दु हो।
संयुक्त राष्ट्रसंघका अनुसार जुलाईदेखि लडाइँका कारण यमनमा कम्तीमा ७६ हजार मानिस विस्थापित भएका छन् र हुथी आक्रमणका कारण पछिल्लो एक हप्तामा यो संख्या चार गुणा बढेको छ।
करिब २३ हजार वर्ग किलोमिटर क्षेत्रफल भएको जिबुटीमा बाब अल–मन्दाब जलसन्धि हेर्ने अमेरिका, चीन, जापान, फ्रान्स र इटालीका सैन्य आधार छन्।


