लघुवित्तले लक्ष्य बिर्सनु हुँदैन : अर्थमन्त्री

हिमाल प्रेस २४ असार २०८० २०:२८
4
SHARES
लघुवित्तले लक्ष्य बिर्सनु हुँदैन : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने बताएका छन्। साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा मन्त्री महतले लघुवित्तले दायित्व र लक्ष्य बिसर्न नहुने बताएका हुन्। ‘मर्जरपछि यसको क्षमता र सेवा दिने लक्ष्य अझ घनिभूत हुनेछ,’ मन्त्री महतले भने।

नुवाकोटको तुप्चे र धनुषाको महेन्द्रनगरबाट सुरु भएको साना किसान विकास लघुवित्त अहिले देशैभर फैलिएको छ। एकीकृत सेवा प्रवाह भएपछि हुम्ला पनि समेटिने विश्वास रहेको मन्त्री महतको भनाइ थियो।

‘१२ लाख साना किसान परिवार सहकारीमार्फत् सेवा प्राप्त गरिरहेका छन्। यो ठूलो संख्या हो,’ उनले भने, ‘४५ अर्ब र सहकारी आफैले सञ्चालन गरेको स्थानीय वित्तीय स्रोतबाट ६७ अर्ब रुपैयाँ किसानलाई दिइएको जानकारी प्राप्त भएको छ।’
त्यसमध्ये ८० प्रतिशत रकम महिलालाई दिइएको उनको भनाइ छ।

प्रकाशित: २४ असार २०८० २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =