बैंक, लघुवित्त र सहकारीको बृहत् समीक्षा बैठक गर्छौँ : प्रधामन्त्री

हिमाल प्रेस ५ चैत २०७९ २१:२२
2
SHARE
बैंक, लघुवित्त र सहकारीको बृहत् समीक्षा बैठक गर्छौँ : प्रधामन्त्री फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक, लघुवित्त र सहकारी संस्थामा देखिएका समस्या प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकमा उनले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको बताए। ‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए। मुख्यतः ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको थियो,’ उनले भने, ‘तर अहिले जनताले लघुवित्तप्रति कैयौँ प्रश्नहरू उठाएका छन्। सहकारीमा पनि समस्या देखिएकाले यिनीहरूको बृहत् समीक्षा गरी आगामी नीति तर्जुमा गर्छौं।’

बैंक तथा वित्तीय संस्थाहरूको समीक्षा गरेर मात्रै व्यवस्थित र वैज्ञानिक नीति तय गििरने उनको भनाइ थियो। ‘केही दिनमा नै बैंक, वित्तीय संस्था र सहकारीहरूको बृहत् समीक्षा बैठक बोलाउने सोच्दैछु,’ उनले भने, ‘बृहत् समीक्षा गरेर यस क्षेत्रका समस्या पहिचान र समाधान गर्छौँ।’

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्ने पनि उनले बताए। रासस

प्रकाशित: ५ चैत २०७९ २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nine =