राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुँदै

हिमाल प्रेस २४ असार २०८० ७:२५
4
SHARES
राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुँदै राष्ट्रियसभा बैठक। फाइल तस्बिर- रासस

काठमाडौँ– आइतबार (आज) राष्ट्रियसभा बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो ११ : ३१ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।

यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि पनि छलफल हुनेछ।

बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेटमाथि पनि छलफल संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ।

प्रकाशित: २४ असार २०८० ७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =