प्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनु भयो : राजेन्द्र लिङदेन

हिमाल प्रेस २२ असार २०८० १८:५७
10
SHARES
प्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनु भयो : राजेन्द्र लिङदेन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको टिप्पणी गरेका छन्। प्रधानमन्त्रीले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झनै गम्भीर बनाएको लिङ्देनको भनाइ छ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको भू–राजनीति तथा सामरिक चुनौतीहरु’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहालले अघिल्लोपटक प्रधानमन्त्री बन्दा पनि छिमेकीका लागि कम्फर्टेवल सरकार बनाउनुपर्ने धारणा राखेर विदेशलाई खुसी बनाउन खोजेको आरोप लगाए।

नेताहरुको विदेशीको सेवा गरेर मात्रै सत्तामा टिकिरहन सकिन्छ भन्ने मनोदशाका कारण मुलुकको भूराजनीतिक परिस्थिति पेचिलो भन्दै गएको उनले भनाइ थियो। अध्यक्ष लिङदेनले नेपालले भारत र चीनलाई मात्रै नभएर अमेरिकासँग पनि बराबरीको सम्बन्ध बनाएर लैजानुपर्नेमा त्यस विपरीतका काम प्रधानमन्त्री दाहालबाट भएको भन्दै आपत्ति जनाए।

अध्यक्ष लिङदेनले नेपाली सेनाको संख्या कटौती गर्न नहुने पार्टीको अडान पनि राखे। मुलुकको राष्ट्रिय एकता कमजोर भइरहेका बेला नेपाली सेनाको संख्या कटौती गर्नुपर्छ भन्ने प्रस्ताव आउनु राम्रो नभएको उनले बताए।

प्रकाशित: २२ असार २०८० १८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =