सरकारको नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज भएको छ : आईजीपी बसन्तबहादुर कुँवर

हिमाल प्रेस २२ असार २०८० १८:४२
230
SHARES
सरकारको नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज भएको छ : आईजीपी बसन्तबहादुर कुँवर फाइल तस्बिर

काठमाडौँ- प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज भएको बताएका छन्। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कुँवरले यस्तो बताएका हुन्।

अहिलेको सरकार संगठन रुपान्तरण र विकास गर्ने हकमा राम्रो रहेको उनको भनाइ छ। उनले साधन स्रोतको कमी, देशको आर्थिक अवस्था कमजोर भएका कारणले प्रहरी प्रशासनलाई केही कठिनाइ भएको बताए।

‘अहिलेको राजनीतिक नेतृत्वबाट प्रहरीलाई कामकाज गर्न सजिलो छ। प्रहरीले आफ्नो कार्य सम्पादन गर्नसक् । समग्र रुपमा संगठन रुपान्तरण र विकास गर्ने हकमा वातावरण राम्रो छ । त्यो वातावरण अहिलेको राजनीतिक नेतृत्वबाट प्राप्त भएको छ,’ कुँवरले भने, ‘अहिले चुनौती त धेरै छन् । साधन स्रोत छैन, राष्ट्रको ढुकुटी रित्तिएको छ। तर पनि पैसाबिना केही हुँदैन।’

जिल्लाबाटै साइबर अपराधको मुद्दा निर्क्यौल गर्ने सरकारको निर्णयले थप सहयोग पुगेको उनी बताउँछन्। प्रहरी प्रशासनलाई बलियो बनाउनका लागि गृह मन्त्रालयबाट राम्रो सहयोग मिले पनि अन्य निकायबाट भनेअनुसारको सहयोग नपाएको कुँवरको गुनासो छ। प्रहरी समायोजनको विषय सरकारले तोकेको समयमा नै हुने विश्वास रहेको र सरकारको निर्णयमा आफूहरू कार्यान्वयनका लागि तयार रहेको उनको भनाइ छ।

नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०७९/०८०को गत तीन महिनामा (चैत्र १५ देखि असार १५ सम्म) तुलना गर्दा गत आ.व. २०७८/०७९ को भन्दा चालु आर्थिक वर्षका तीन महिनामा ११.१५ प्रतिशत बढी पक्राउ परेको र ११.२२ प्रतिशत दर्ता बढेको बताएको छ।

प्रकाशित: २२ असार २०८० १८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =