दर्ज्यानी चिह्न लगाउँदै आईजीपी कुँवरले भने : आन्तरिक सदृढीकरण गर्न डगमगाउँदिनँ

हिमाल प्रेस १२ चैत २०७९ १२:१७
124
SHARES
दर्ज्यानी चिह्न लगाउँदै आईजीपी कुँवरले भने : आन्तरिक सदृढीकरण गर्न डगमगाउँदिनँ

काठमाडौँ- नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको छ। आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा उनलाई आईजीपीको दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

उनलाई गृहसचिव विनोदप्रकाश सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका थिए। कुँवरलाई सरकारले गत शुक्रबार आईजीपीमा नियुक्त गरेको थियो।

दर्ज्यानी चिह्न लगाएपछि आईजीपी कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताएका छन्। प्रहरीले गर्ने राम्रा कामहरू र विगतमा भएका त्रुटिहरू लुकाएर प्रशासन बलियो नबन्ने भन्दै उनले प्रहरीमा सुधार आवश्यक रहेको बताए।

‘प्रहरीको आन्तरिक सदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो । यसबाट म किञ्चित पनि डगमगाउने छैन,’ उनले भने, ‘अपराधको रोकथाम, अनुसन्धान, कुनै पनि बहाना र विकल्प बिना शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाई नागरिक मनमा अमनचयन, कानुनी राज्यको प्रत्याभूति दिलाउन नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन दिनेछैन।’

प्रकाशित: १२ चैत २०७९ १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =