कृषि सामग्री भन्छ– मल प्रशस्त छ, उपभोक्ता भन्छन्– बजारमा पाइँदैन

हिमाल प्रेस २२ असार २०८० १३:४९
18
SHARES
कृषि सामग्री भन्छ– मल प्रशस्त छ, उपभोक्ता भन्छन्– बजारमा पाइँदैन

रौतहट– कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुरले रौतहटमा रासायनिक मलको अभाव नरहेको बताएको छ।  किसानको माग बमोजिम मलको व्यवस्था रहेकाले अभाव नरहेको कृषि सामग्रीको दाबी छ।

स्थानीय सरकारको सिफारिसअनुसार रासायनिक मल वितरण गरेको कारण लक्षित समूहमै मल पुगेको कम्पनीका निमित्त प्रमुख गोपालप्रसाद घिमिरेले दाबी गरेका छन्।

प्रदेश सरकारले जिल्लागत खेती भएको जमिनको तथ्यांक दिने र सोहीअनुसार कृषि ज्ञान केन्द्रले स्थानीय तहलाई पत्र पठाउने गरेको छ। त्यही पत्रअनुसार स्थानीय तहले सहकारी संस्थालाई रासायनिक मलको कोटा पठाउने गरेका छन्। रौतहटमा ५३ हजार ५४६.३८ हेक्टर खेतीयोग्य जमिन छ।

रौतहटका १८ स्थानीय तहबाट प्राप्त कोटा निर्धारणको पत्रअनुसार रासायनिक मल वितरण गरेको लिमिटेडले जनाएको छ।

तर उपभोक्ता भने मागअनुसारको मल आपूर्ति नभएको बताउँछन्। विन्दवासिनी कृषि सहकारी संस्थाका व्यवस्थापक जनार्दन कोइरालाले भने, ‘मागको एक तिहाइ पनि आपूर्ति भएको छैन।’

उनका अनुसार चन्द्रपुर वडा नम्बर ५ का लागि तीन हजार युरिया र डीएपी माग गरिएको थियो। तर कृषि सामग्रीले ४०० पाँच बोरा युरिया र २५० बोरा मात्रै डीएपी पठाएको छ।

कृषि सामग्रीका चन्द्रनिगाहपुरमा १७४ डिलर छन्। १५० भन्दा बढीले रासायनिक मल लगिसकेको लिमिटेडका निमित्त प्रमुख गोपालप्रसाद घिमिरेले बताए। उनका अनुसार रौतहटमा १२० मेट्रिकटन युरिया र ६०६ डीएपी मल अझै मौज्दात छ।

प्रकाशित: २२ असार २०८० १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =