मल अभाव हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस ८ असार २०८० १४:४५
2
SHARE
मल अभाव हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै। फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न बिक्री डिपोमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेकाले यस वर्ष किसाने अभाव झेल्न नपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा शुक्रबार सांसद अब्दुल खानको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले २०७९ साउनदेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको जानकारी दिए।

उनले भने, ‘रासायनिक मल आपूर्ति व्यवस्था विगतका वर्षमा भन्दा सुदृढ भएको जानकारी गराउन चाहन्छु। २०७९ साउनदेखि हालसम्म तीन लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ। त्योमध्ये ७१ हजार मेट्रिक टन विभिन्न बिक्री डिपोहरुमा मौज्दात छ।’

यही महिनाभित्र भारतको कोलकाताबाट ४५ हजार मेट्रिक टन डीएपी मल ल्याउने लागिएको जानकारी पनि उनले गराएका छन्। ‘कोलकाताबाट ४५ हजार मेट्रिक टन डीएपी यो महिनाभित्र भित्रिने व्यवस्था गरिएको छ। धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव हुने अवस्था यस पटक छैन।’

सुरुमा रासायनिक मलका लागि १५ अर्ब विनियोजन भए पनि थप २३ अर्बको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको दाबी प्रधानमन्त्रीको छ। उनले भने, ‘यसबाट सरकार किसानहरुका लागि रासायनिक मल उपलब्ध गराउन जिम्मेवार रहेको तथ्य प्रमाणित हुन्छ।’

मल आयातमा संघीय मन्त्रालयलाई जिम्मेवार बनाइएको र वितरण कार्यमा प्रदेश एवम् स्थानीय तहहरुलाई परिचालन गरिएको जानकारी प्रधानमन्त्रीले गराए। उनले भने, ‘मल वितरण प्रणालीलाई पारदर्शी बनाउन आपूर्ति र वितरणमा डिजिटल प्रणाली प्रयोगमा ल्याइएको कुरा पनि म जानकारी गराउन चाहन्छु।’

प्रकाशित: ८ असार २०८० १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =