भित्रिँदै अवैध रासायनिक मल

हिमाल प्रेस ३० जेठ २०८० ७:२५
6
SHARES
भित्रिँदै अवैध रासायनिक मल

पाल्पा- नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ। गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको ६५० बोरा अवैध मल फेला परेको थियो।

सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षकसहितको टोलीले रामपुरमा ‘सिल’ गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको छ। रामपुर–५, बेझाडस्थित विजय श्रेष्ठको घरमा ९सटर भाडामा० ‘प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया’ नामक रासायनिक मल भण्डारण गरिएको अवस्थामा फेला परेको थियो।

बिल तथा कागजपत्र र सम्बन्धित व्यक्ति फेला नपरेपछि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापासहितको सरोकारवालाको टोलीले मल ‘सिल’ गरेर राखेको हो।

हालसम्म भण्डारण गरेका सम्बन्धित व्यक्ति पहिचान भएको छैन। प्रतिबोरा ४५ किलो बराबरको तौल छ। गत शनिबार बिहान रम्भा गाउँपालिका–१ हुँगीमा पनि अवैधरूपमा गाडीमा ल्याउँदै गरेको तीन सय ७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएर सोही दिन अनुसन्धानका लागि भन्सार कार्यालय पठाइसकिएको छ।

प्रकाशित: ३० जेठ २०८० ७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 17 =