‘मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लेऊ’ [तस्बिरहरू]

दिपेश श्रेष्ठ १ चैत २०७९ १३:५५
4
SHARES
‘मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लेऊ’ [तस्बिरहरू]

काठमाडौँ- रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गरिएको भन्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले आज (बुधबार) काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। अनुदान कटौती गर्ने सरकारको निर्णय किसानविरोधी भएको भन्दै उनीहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले ‘हाम्रो खुसी अन्न र उपज, हाम्रो उत्पादनमा मलको सहज’, ‘खेत त जोगियो, मल बिउ कहाँ छ’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले तत्काल सरकारले अनुदान कटौतीको निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन्।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन अध्यक्ष सुजित केसीले रासायनिक मलको अनुदान कटौती गरेर स्वदेशी उत्पादनको मूल्यवृद्धि गर्ने काम तत्काल रोकिनुपर्ने बताए।

सरकारको निर्णय फिर्ता नभए देशव्यापी आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन्।

यसअघि सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११.८ प्रतिशतले घटाउने निर्णय गरेको थियो।

प्रकाशित: १ चैत २०७९ १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =