भारतले नेपाललाई ११ अर्ब अनुदान दिने

हिमाल प्रेस १८ माघ २०८० १९:१४
16
SHARES
भारतले नेपाललाई ११ अर्ब अनुदान दिने

काठमाडौँ- भारतले नेपाललाई दिने आर्थिक सहायता रकम बढाएको छ।‍ भारतले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ अर्ब भारतीय रकम अनुदान उपलब्ध गराउन प्रस्ताव गरेको छ। बिहीबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले संसद्‌मा प्रस्तुत गरेकाे बजेटमा आगामी आर्थिकका लागि ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) नेपालका लागि विनियोजन गरेको हो।

भारतले गत आर्थिक वर्ष २०२३/०२४ मा नेपालका लागि ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड) विनियोजन गरेको थियो। भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम संशोधन गरी ६ अर्ब ५० करोड भारु पुर्‍याएको छ ।

दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान भारतबाट सबैभन्दा बढी अनुदान प्राप्त गर्ने देश हो। भारतले भुटानलाई आर्थिक वर्ष २०२४/०२५ का लागि ९ अर्ब ८९ करोड रुपैयाँ ऋणसहित २० अर्ब ६८ करोड रुपैयाँ विनियोजन गरेको छ।

भारतले आगामी आर्थिक वर्षका लागि छिमेकी देशका लागि ९६ अर्ब २१ करोड भारु अनुदान प्रस्ताव गरेको छ।

थप जानकारी 

प्रकाशित: १८ माघ २०८० १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =