भन्सारमै राेकिए चीनबाट ल्याइएका जुत्ताचप्पल

हिमाल प्रेस २१ असार २०८० १९:२८
8
SHARES
भन्सारमै राेकिए चीनबाट ल्याइएका जुत्ताचप्पल

काठमाडौँ- जुत्ताचप्पल व्यवसायीले चीनबाट आउने सामानका लागि भन्सार सहज बनाउन माग गरेका छन्। व्यवसायीले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएर उक्त माग गरेका हुन्।

नेपाल जुत्ताचप्पल आयात संघले पछिल्लो एक सातायता चीनबाट आउने जुत्ताचप्पललगायत सामानको भन्सार पास नभएको बताएको छ। अर्थमन्त्रालयले भन्सार सहजीकरण गरिदिनुपर्ने संघको माग छ।

संघले जुत्ताचप्पलको भन्सार पास नहुँदा राज्यले ठूलो राजस्व गुमाएको बताएको छ। राजस्व गुमाइरहेको अवस्थामा भन्सारबाट अवैध सामान भित्रिरहेको संघको भनाइ छ।

संघका अध्यक्ष थानेश्वर ज्ञवालीले केरुङ भन्सार नाकालगायत अन्य विभिन्न नाकाबाट अवैध रूपमा जुत्ताचप्पल नेपाल आउँदा भन्सार तिरेर कानुन बमोजिम आयात गर्ने व्यवसायी मर्कामा परिरहेका बताए।

उनले भन्सार नतिरी सामान आयात गर्नेसँग वास्तविक व्यवसायीले प्रतिस्पर्धा गर्न नसक्ने पनि बताए। नेपाल-चीन व्यापारिक नाका केरुङबाट नेपाल भित्रिने सामान एक सातादेखि भन्सार पास हुन सक्दा व्यवसायी मारमा परेका उनको भनाइ थियो।

अर्थमन्त्री महतले भन्सार अवरोध तथा अवैध सामान आयातको विषयमा समिति बनाएर छानबिन गर्ने आश्वासन दिएका छन्।

प्रकाशित: २१ असार २०८० १९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 7 =