मायादेवी मन्दिरको जीर्णोद्धार हुँदै

हिमाल प्रेस २१ असार २०८० १९:०३
10
SHARES
मायादेवी मन्दिरको जीर्णोद्धार हुँदै

लुम्बिनी- गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको को जीर्णोद्धार थालिएको छ। विश्व सम्पदास्थलमा सूचीकृत मायादेवी मन्दिर जीर्ण भएकाले बिहीबारदेखि मायादेवी मन्दिरको जीर्णोद्धार सुरु गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए।

थाइल्यान्डको थाई फुङ थाई फाउन्डेसनको सहयोगमा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्स प्रालिले मायादेवी मन्दिर परिसरमा बौद्ध परम्पराअनुसार मंगलपाठ गरेर जीर्णोद्धार सुरु गरिएको हो।

मायादेवी मन्दिरमा पानी चुहिन थालेपछि पुरातात्त्विक वस्तु क्षयीकरण हुनबाट रोक्न मर्मत थालिएको छ। मायादेवी मन्दिर युनेस्को, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषले सन् २००१ मा जीर्णोद्धार गरेर बनाएको थियो।

जीर्णोद्धार शुभारम्भमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतको उपस्थिति थियो।

प्रकाशित: २१ असार २०८० १९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =