कारागारभित्रै कैदीले आत्महत्या गरे

हिमाल प्रेस २१ असार २०८० १०:०१
2
SHARE
कारागारभित्रै कैदीले आत्महत्या गरे

बाँके- बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन्।

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए।

मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए।

घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए।

प्रकाशित: २१ असार २०८० १०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =