चेम्बर र परिसंघले सहकार्य गर्ने

हिमाल प्रेस २० असार २०८० १९:५३
4
SHARES
चेम्बर र परिसंघले सहकार्य गर्ने

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले आपसमा सहकार्य गर्ने भएका छन्। बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत आर्थिक स्थायित्व र विकासका लागि निजी क्षेत्रका दुई प्रतिनिधिमूलक संस्थाबीच सहकार्य गरिने पदाधिकारीहरूले बताएका छन्।

परिसंघका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई बधाई एवं शुभकामना दिने क्रममा दुवै संस्थाका नेतृत्वले सहकार्य गरेर अघि बढ्ने सम्झौता गरिएको हो।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आगामी वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन गरी आर्थिक स्थायित्वका लागि निजी क्षेत्रका संस्थाहरूले सहकार्य गर्न आवश्यक परेको बताए। ‘मुलुकको अर्थतन्त्रलाई उकास्न एवं निजी क्षेत्रको माग सम्बोधन गर्न पनि हामीले सहकार्य गर्न जरुरी छ,’ उनले भने।

उच्च ब्याजदरका कारण लगानीको वातावरण बन्न नसकेको भन्दै उनले पछिल्लो समय समग्र निजी क्षेत्रको मनोबल खस्किएको पनि बताए। मौद्रिक नीति मार्फत वित्तीय स्थायित्व कायम गर्न एवं व्याजदर नियन्त्रणका लागि सरोकारवाला सरकारी निकायलाई एकै स्वरमा झक्झक्याउनुपर्ने अध्यक्ष मल्लको भनाइ थियो।

चेम्बर, परिसंघ र उद्योग वाणिज्य महासंघले आगामी वर्षको मौद्रिक नीतिका लागि बिहीबार संयुक्त सुझाव पनि पेस गर्ने तय गरिएको छ।

प्रकाशित: २० असार २०८० १९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =