व्यापार निजी क्षेत्रले गर्ने हो सरकारले होइन : उद्योगमन्त्री

हिमाल प्रेस २३ जेठ २०८० १३:२६
4
SHARES
व्यापार निजी क्षेत्रले गर्ने हो सरकारले होइन : उद्योगमन्त्री फाइल तस्बिर।

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्न नहुने बताएका छन्। मंगलबार जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले व्यापार गर्ने नभई व्यापारका लागि सहजीकरण गरिदिने बताएका हुन्।

उनले व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘सरकारले व्यापार गर्ने होइन, निजी क्षेत्रले गर्ने हो। सरकारले त मात्र सहयोग गर्ने हो। के गर्नुपर्छ बाटो बनाइदिने हो,’ उनले भने, ‘अहिलेको गठबन्धन सरकारले तपाईंहरूका समस्या समाधान गर्नेछ।’

उनले देश बनाउन संघीय सरकारलाई मात्रै कराएर नहुने बरु सबै मिलेर सहकार्य गरी काम गरे देश विकास गर्न समय नलाग्ने बताए। उनले पहाडबाट बगेर जाने बालुवाहरूको उत्खनन गरी बिक्री गर्दा विरोध भइरहेको भन्दै आपत्ति जनाए।

प्रकाशित: २३ जेठ २०८० १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =