एनएमबि क्यापिटल : ई-म्यान्डेटमार्फत पेमेन्ट सेडुअल गर्न सकिने

हिमाल प्रेस २० असार २०८० १८:५९
10
SHARES
एनएमबि क्यापिटल : ई-म्यान्डेटमार्फत पेमेन्ट सेडुअल गर्न सकिने

काठमाडौँ- एनएमबि क्यापिटलको सिस्टमेटिक इन्भेस्ट प्लान (एसआईपी) इन्भेस्टमेन्टका लागि ई-म्यान्डेटमार्फत पेमेन्ट सेडुअल गर्न सकिने भएको छ। एकाइ धनीहरूले एक पटक सेटअप गरेको आधारमा लगानी गरी भुक्तानी सेडुअल गरी एसआईपीमा लगानी गर्न सक्ने छन्।

एनएमबि क्यापिटल र एनसीएचएलबीच भएको सम्झौताअनुसार एनएमबि क्यापिटलका इकाईधनीले एसआईपीमा मासिक वा त्रैमासिक लगानी गर्दा लगानी गर्ने रकम एक पटक अनलाइन ई-म्यान्डेट भरेपछि तोकिएको समयमा आफैँ भुक्तानी हुनेछ।

एनएमबि क्यापिटलको एसआईपीअन्तर्गत खुलामुखी योजनाअनुसार मासिक वा त्रैमासिक रूपमा निश्चित रकम लगानी गर्न सकिने क्यापिटलको भनाइ छ। लगानीको बानी विकास गर्ने गरी, सानोसानो रकम लगानीसमेत कम्पाउन्डिङ रिटर्नको लाभ एसआईपीमा लगानी गरी लिनसकिने बताइएको छ।

प्रकाशित: २० असार २०८० १८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =