रुपन्देही कोटहीमाई गाउँपालिकाका इञ्जिनियर घुस सहित अख्तियारको नियन्त्रणमा

हिमाल प्रेस २० असार २०८० १८:५३
18
SHARES
रुपन्देही कोटहीमाई गाउँपालिकाका इञ्जिनियर घुस सहित अख्तियारको नियन्त्रणमा

लुम्बिनी– अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ४५ हजार रूपैयाँ घूससहित कोटहीमाई गाउँपालिकाका एक ईन्जिनियरलाई नियन्त्रणमा लिएको छ। कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्दकुमार यादवलाई ४५ हजार घूस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

कोटहीमाई गाउँपालिका- ७ अन्तर्गतको सडक पीसीसी र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात सम्पन्न भएको निर्माण कार्यको भूक्तानीका लागि माग गरेको ४५ हजार रुपैयाँ घूस लिँदा लिदै यादवलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बताए।

अख्तियार केन्द्रीय कार्यालयले एक विज्ञप्ती जारी गरी सेवाग्राहीको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले गरेको स्ट्रिङ अपरेशनमार्फत इञ्जिनियरलाई बुधबार नै नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ।

प्रकाशित: २० असार २०८० १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − two =