प्रचण्डबाट साह्रै भएन, राजीनामा चाहियो : ओली

हिमाल प्रेस २० असार २०८० १८:०१
4
SHARES
प्रचण्डबाट साह्रै भएन, राजीनामा चाहियो : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिनुपर्ने बताएका छन्। संसद् भवनबाट बाहिरिँदै गर्दा बुधबार सञ्चारकर्मीसँगको संक्षिप्त कुरा गर्दै प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।

ओलीले भने, ‘हामीले जबाफ होइन उहाँको अब राजीनामा चाहियो। उहाँबाट साह्रै भएन।’ प्रधानमन्त्री प्रचण्डबाट राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अशोभनीय र आपत्तिजनक काम भएको ओलीको आरोप छ।

प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय पक्षबाट सहयोग मिलेको अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले बुधबार प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गरेको थियो।

प्रधानमन्त्री प्रचण्डले भने आफूले लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक (रोड्स टु द भ्याली द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा आफूले बोलेको दाबी गरेका छन्। उनले सोही भनाइलाई लिएर बबन्डर मच्चाउन खोजिएको बताएका छन्।

प्रचण्डले  प्रीतम सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभई राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउन कहिले दिल्ली, कहिले नेपालका पार्टीहरुसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘अब आज म सुन्दैछु, एउटा किताव विमोचन गर्दा मैले बोलेको कुरालाई उचालेर फेरि एक पटक बबन्डर गर्न खोजिएको छ, त्यो बेलुन पनि छिटै फुट्नेवाला नै छ।’

प्रकाशित: २० असार २०८० १८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 5 =