एमालेले भन्यो : प्रधानमन्त्रीले जवाफमात्रै दिएर हुँदैन, राजीनामा नै दिनुपर्छ

हिमाल प्रेस २० असार २०८० १५:०४
48
SHARES
एमालेले भन्यो : प्रधानमन्त्रीले जवाफमात्रै दिएर हुँदैन, राजीनामा नै दिनुपर्छ

काठमाडौँ– प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद्‌मा विरोध गर्ने भएको छ। संसद्‌ बैठकअघि एमालेको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर सशक्त विरोध गर्ने निर्णय गरेको सचेतक महेश बर्तौलाले हिमाल प्रेसलाई जानकारी दिए।

‘प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर हाम्रो दलको संसदीय दलको बैठक बस्यो। उहाँ नेपालको संसद्‌बाट प्रधानमन्त्री बनेको व्यक्ति होइन रहेछ भारतबाट बनेको भन्ने अभिव्यक्ति आइसकेपछि एमालेले सोहीअनुसार प्रतिकार गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘प्रधानमन्त्रीको भनाइले देश, जनादेश र संसद्‌प्रति अपमान गरेको छ। उहाँले अब जवाफ मात्रै दिएर हुँदैन। उहाँ प्रधानमन्त्रीको पदमा बस्ने हैसियत पनि छैन।’

मंगलबार काठमाडौँमा एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय मूलका व्यापारीले प्रितम सिंहले धेरै मिहिनेत गरेको बताएका थिए।

प्रकाशित: २० असार २०८० १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =