लुम्बिनी प्रदेश सरकार र विपक्षीबीच सहमति : आजदेखि बैठक सञ्चालन हुने

हिमाल प्रेस २० असार २०८० १३:०१
2
SHARE
लुम्बिनी प्रदेश सरकार र विपक्षीबीच सहमति : आजदेखि बैठक सञ्चालन हुने

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका सम्बन्धमा असहमति जनाएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ।

बजेटका विषयमा असहमति राख्दै आएकामा प्रमुख प्रतिपक्ष दल सहमत भएपछि आजदेखि बैठक सञ्चालन हुने भएको हो।

यसअघि लगातार बैठक अवरुद्ध गर्दै आएको प्रमुख विपक्षी दलले मंगलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाउँदै बजेट पुस्तिकासमेत च्यातेर बहिष्कार गरेपछि मंगलबार राति दुवै पक्षबीच वार्ता भएको थियो।

वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा सम्बोधन गर्ने र विपक्षीले पनि आजदेखि प्रदेशसभाको बैठक सञ्चालन गर्न दिने सहमति भएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए।

बैठक बहिष्कार गरेर बाहिरिएको एमालेसँग मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति जुटाएका हुन्। वार्तामा विपक्षी दलका नेता लीला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरी सहभागी थिए।

सहमति भएपछि मंगलबार स्थगित प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ। प्रदेशसभा सचिव दुर्ललकुमार पुनमगरले जारी गरेको सूचनामा मंगलबार स्थगित भएको प्रदेशसभाको दोस्रो अधिवेशनको १७औंँ बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको उल्लेख छ।

प्रकाशित: २० असार २०८० १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =