लुम्बिनीमा मुख्यमन्त्री महराले लिए शपथ, तीन मन्त्री विनाविभागीय

हिमाल प्रेस २५ चैत २०८० १६:३४
10
SHARES
लुम्बिनीमा मुख्यमन्त्री महराले लिए शपथ, तीन मन्त्री विनाविभागीय लुम्बिनी प्रदेशका नवनियुक्त जोखबहादुर महरा आइतबार बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनसँग पद तथा गोपनीयताको शपथ लिँदै। तस्बिर : रासस

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री महरालाई शपथ गराएका हुन्।

प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। नवनियुक्त मुख्यमन्त्री महरा लुम्बनीको पाँचौँ मुख्यमन्त्री बनेका छन्।

यसअघि मुख्यमन्त्री पदबाट डिल्लीबहादुर चौधरीले चैत २२ गते प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेपछि नेकपा एमालेसहित पाँच दल र एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४८ जनाको समर्थनमा महराले चैत २३ गते प्रदेश प्रमुख समक्ष सरकार गठनको दाबी प्रस्तुत गरेका थिए।

मुख्यमन्त्री महराले आइतबारै सानो मन्त्रिमण्डल पनि गठन गरेका छन्। एमालेका नेता चेतनारायण आचार्य र माओवादी केन्द्रका दीपेन्द्रबहादुर पुन र जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ। नवनियुक्त मन्त्रीहरुलाई सोही समारोहमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १७२ बमोजिम पद तथा गोपनियताको शपथग्रहण गराएका छन्।

जोखबहादुर महरा : प्रावि शिक्षकदेखि मुख्यमन्त्रीसम्म

प्रकाशित: २५ चैत २०८० १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =