राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

हिमाल प्रेस २० असार २०८० १०:३०
2
SHARE
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रियसभा बैठक आज पनि बस्दैछ। संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो २ः३१ बजेका लागि बैठक बोलाइएको हो।

आजको बैठकमा विनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ। मन्त्रालयको विभिन्न शीर्षकमाथि संसद्हरूले आ-आफ्नो धारणा राखिरहेका छन्।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ।

प्रकाशित: २० असार २०८० १०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =