राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

हिमाल प्रेस १८ साउन २०८० ८:०९
4
SHARES
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची फाइल तस्बिर।

काठमाडौँ– बिहीबार (आज) राष्ट्रियसभा बैठक बस्दै छ। नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ : ०१ बजे बैठक बस्ने भएको हो।

राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराइने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने पनि कार्यसूचीमा उल्लेख छ।

बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गरिने पनि कार्यसूची रहेको छ।

प्रकाशित: १८ साउन २०८० ८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =